नेप्से २० अंकले बढ्यो, एक अर्ब ८ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से २० अंकले बढ्यो, एक अर्ब ८ करोडको कारोबार


बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २०.६७ अंकले बढेर एक हजार ८५०.३३ विन्दुमा पुगेको छ ।

बैंकिङ ३, विकास बैंक ६, फाइनान्स २०, होटल तथा पर्यटन १६७, जलविद्युत् ४५, जीवन बीमा १०९, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा १२२, उत्पादन ८७, व्यापार २८ र अन्य उपसमहू २५ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमि हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र माथिल्लो मैलुङखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, थ्रीस्टार हाइड्रोपावरको ९.७, पिपुल्स हाइड्रोपावरको ९.४ र सोनापुर मिनरल्सको सेयर ८.६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सयपत्री हाइड्रोपावरको सेयर ८.१ प्रतिशतले घटेको छ ।

यसदिन २९४ कम्पनीको ४२ लाख १३ हजार कित्ता सेयर एक अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्