नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्ट लिस्ट – Janadesh Daily | ePaper

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्ट लिस्ट


नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्ट लिस्टमा परेको छ ।

अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरि श्रेष्ठ सर्ट लिस्टमा परेका छन् ।

सर्ट लिस्टमा परेकाहरुले १७ पुस मंगलबारका दिन प्रस्तुति र अन्तर्वार्ताको दिनेछन् ।

मन्त्रालयका अनुसार शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्ट लिस्टमा छनोट गरिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्