२६ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार – Janadesh Daily | ePaper

२६ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार


आइतबार सेयर बजार परिसूचक नेप्से २६.३६ अंकले घटेर दुई हजार ०२२.९२ विन्दुमा पुगेको छ ।

बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स १.३, लगानी १.९, जीवन बीमा २.४, उत्पादन १.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.६, अन्य १.८ र ब्यापार समूह २.१ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर समूह १.०३ प्रतिशत बढेको छ ।

आज सबैभन्दा धेरै मानुषी लघुवित्तको सेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज तेह्रथुम पावर कम्पनीको शेसेयरमा १० प्रतिशतले बढेको छ ।

यसदिन ३०४ कम्पनीको एक करोड ५२ लाख कित्ता सेयर पाँच अर्ब २४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्