३ अंकले घट्यो नेप्से, ३ अर्ब ७६ करोडको कारोबार – Janadesh Daily | ePaper

३ अंकले घट्यो नेप्से, ३ अर्ब ७६ करोडको कारोबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ३.९४ अंकले घटेर दुई हजार ०८४.०९ विन्दुमा पुगेको छ ।

जीवन बीमा ४५, उत्पादन ५, निर्जीवन बीमा ४७, होटल तथा पर्यटन ५८, माइक्रोफाइनान्स १८, हाइड्रोपावर ०.४१ र अन्य उपसमूह ९ अंकले घटेको छ । त्यस्तै, आज बैंकिङ २, विकास बैंक ५, फाइनान्स २ र ब्यापार उपसमूह १४ अंकले बढेको छ ।

आज धौलागिरि लघुवित्तको मूल्य ४.३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सामलिङ पावरको मूल्य १० प्रतिशतले बढेको छ ।

यस दिन ३०४ कम्पनीको एक करोड १६ लाख कित्ता सेयर ३ अर्ब ७६ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्