१४ अंकले बढ्यो नेप्से, ५अर्ब ५४ करोडको कारोबार – Janadesh Daily | ePaper

१४ अंकले बढ्यो नेप्से, ५अर्ब ५४ करोडको कारोबार


मंगलबार सेयर बजार परिसूचक नेप्से १४.८८ अंकले बढेर दुई हजार ११९.६१ विन्दुमा पुगेको छ ।

विकास बैंक १२, जीवन बीमा ३६, हाइड्रोपावर ३९, उत्पादन ३८, होटल तथा पर्यटन ८७, ब्यापार ५० र अन्य उपसमूह ६३ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ २, फाइनान्स ०.२, निर्जीवन बीमा ४ र माइक्रोफाइनान्स उपसमूह ११ अंकले घटेको छ ।

आज चन्द्रागिरी हिल्स, समाज लघुवित्त र रावा इनर्जीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज मिड सोलु हाइड्रोपावरको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३०८ कम्पनीको एक करोड ५१ लाख कित्ता सेयर ५अर्ब ५४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्