१४ अंकले बढ्यो नेप्से, २ अर्ब ४३ करोडको कारोबार – Janadesh Daily | ePaper

१४ अंकले बढ्यो नेप्से, २ अर्ब ४३ करोडको कारोबार


सोमबार सेयर बजार परिसूचक नेप्से १४.५७ अंकले बढेर दुई हजार ०७६.२७ विन्दुमा पुगेको छ ।

बैंकिङ १, विकास बैंक २६, फाइनान्स ६, जलविद्युत् १३, जीवन बीमा १९, माइक्रोफाइनान्स १७, अन्य ८२ र ब्यापार समूह ४ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ४४, उत्पादन ५ र होटल तथा पर्यटन समूह ११ अंकले घटेको छ ।

आज सबैभन्दा नेपाल टेलिकम, पिपुल्स पावर, समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज स्वाभिमान लघुवित्तको सेयर ६.७ प्रतिशतले घटेको छ ।

यस दिन ३१० कम्पनीको ७४ लाख कित्ता सेयर २ अर्ब ४३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्