९ अंकले बढ्यो नेप्से, २ अर्ब ५९ करोडको कारोबार – Janadesh Daily | ePaper

९ अंकले बढ्यो नेप्से, २ अर्ब ५९ करोडको कारोबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ९.४४ अंकले बढेर दुई हजार ०८५.७१ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक ३४, फाइनान्स ५, होटल तथा पर्यटन ४०, हाइड्रोपावर २०, जीवनबीमा ७९, उत्पादन ६२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ११४ अंकले बढेको छ । त्यस्तै, अन्य १० र ब्यापार समूह १५ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सामलिङ पावरको सेयर भने १० प्रतिशतले घटेको छ ।

यस दिन ३१५ कम्पनीको ७६ लाख कित्ता सेयर २ अर्ब ५९ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्