५ अंकले बढ्यो नेप्से, ३ अर्ब २१ करोडको कारोबार – Janadesh Daily | ePaper

५ अंकले बढ्यो नेप्से, ३ अर्ब २१ करोडको कारोबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ५.७४ अंकले बढेर दुई हजार ०९६.३८ विन्दुमा पुगेको छ ।

विकास बैंक २५, होटल तथा पर्यटन १८, हाइड्रोपावर ३८, जीवनबीमा १३६, अन्य ४१, ब्यापार समूह ३१, फाइनान्स ३, उत्पादन १५ र माइक्रोफाइनान्स उपसमूह २० अंकले बढेको छ । तयस्तै, बैंकिङ ०.४८ र निर्जीवन बीमा उपसमूह १२ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त र बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम ३ को सेयर झण्डै १० प्रतिशतले घटेको छ।

यस दिन ३१७ कम्पनीको ९१ लाख कित्ता सेयर ३ अर्ब २१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्