११ अंकले घट्यो नेप्से, २ अर्बको कारोबार – Janadesh Daily | ePaper

११ अंकले घट्यो नेप्से, २ अर्बको कारोबार


आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ११.७८ अंकले घटेर एक हजार ९६०.३० विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक १७, फाइनान्स १३, हाइड्रोपावर २०, जीवन बीमा ९१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५६, अन्य १७ र ब्यापार समूह ७१ अंकले घटेको छ । त्यस्तै, होटल २७ र उत्पादन समूह ४४ अंकले बढेको छ ।

आज चिरख्वा हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ७.४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज ग्लोबल आईएमई लघुवित्तको सेयर ९.७ प्रतिशतले बढेको छ ।

यस दिन ३०९ कम्पनीको ५५ लाख कित्ता सेयर २ अर्ब ८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्