९ अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार – Janadesh Daily | ePaper

९ अंकले बढ्यो नेप्से, ३ अर्ब ४५ करोडको कारोबार


बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्से ९.३३ अंकले बढेर दुई हजार ०१७.०३ विन्दुमा पुगेको छ ।

विकास बैंक ५, फाइनान्स २९, हाइड्रोपावर २३, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा २९, अन्य १९, ब्यापार ३६, होटल ४४ र उत्पादन समूह ५४ अंकले बढेको छ । त्यस्तै, बैंकिङ १ र जीवन बीमा उपसमूह २ अंकले घटेको छ ।

आज दोल्ति पावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज मोलुङ हाइड्रोपावर कमपनीको सेयर ९.७१ प्रतिशतले घटेको छ ।

यस दिन ३०८ कम्पनीको ९१ लाख कित्ता सेयर ३ अर्ब ४५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्