१७ अंकले घट्यो नेप्से, ३ अर्ब २० करोडको कारोबार – Janadesh Daily | ePaper

१७ अंकले घट्यो नेप्से, ३ अर्ब २० करोडको कारोबार


आइतबार सेयर बजार परिसूचक नेप्से १७.३० अंकले घटेर दुई हजार ०१७.३३ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर २, अन्य १२, विकास बैंक ४३, जीवन बीमा १०२, फाइनान्स १२, उत्पादन २६५, बैंकिङ ५, माइक्रोफाइनान्स ४६, होटल तथा पर्यटन ३९ र ब्यापार उपसमूह ४८ अंकले घटेको छ । त्यस्तै, आज निर्जीवन बीमा उपसमूह भने १३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सर्वात्तम सिमेन्टको सेयर ९.९९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज माया खोला हाइड्रोपावरको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३१६ कम्पनीको ७९ लाख कित्ता सेयर ३ अर्ब २० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्