सेयर बजारमा २ अंकको गिरावट, ३ अर्बको कारोबार – Janadesh Daily | ePaper

सेयर बजारमा २ अंकको गिरावट, ३ अर्बको कारोबार


बिहिबार सेयर बजार परिसूचक नेप्से २.७३ अंकले घटेर दुई हजार ००४.०५ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर १४, अन्य ८, विकास बैंक २१, उत्पादन ११०, बैंकिङ ४ र जीवन बीमा उपसमूह १६ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ६, निर्जीवन बीमा २९, होटल तथा पर्यटन ८६, माइक्रोफाइनान्स ९४ र ब्यापार उपसमूह ३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयर झण्डै साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मानुषी लघुवित्त र मनकामना स्मर्ट लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०२ कम्पनीको ६९ लाख कित्ता सेयर ३ अर्ब ३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्