विश्व बैङ्कद्वारा अफगानी महिला उद्यमीलाई सहयोग गर्न एक करोड साठी लाख अमेरिकी डलर विनियोजन – Janadesh Daily | ePaper

विश्व बैङ्कद्वारा अफगानी महिला उद्यमीलाई सहयोग गर्न एक करोड साठी लाख अमेरिकी डलर विनियोजन


विश्व बैङ्ले विशेष गरी महिलाहरूको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायहरूलाई सहयोग गर्न एक करोड ६० लाख अमेरिकी डलर छुट्याएको खामा प्रेसले जनाएको छ ।

बैङ्कले बुधबार संयुक्त राज्य अमेरिकाको आगा खान फाउन्डेसनले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषमार्फत यस कोषलाई प्रत्यक्ष वितरण गर्ने उल्लेख छ ।

अफगानिस्तानमा साना वित्तीय प्रदायकलाई सहयोग गर्ने अफगानिस्तानमा वित्तीय स्रोतहरूमा पहुँच बढाउनका लागि सान्दर्भिक विकल्पमध्ये यो सहयोग एक हो । यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैङ्ककी निर्देशक मेलिन्डा गुडले बताउनुभयो ।

परियोजनाको उद्देश्य अफगानिस्तानमा साना वित्तीय क्षेत्रलाई सुदृढ पारी साना व्यवसाय र महिला नेतृत्वको उद्यम व्यवसायको पुनर्निर्माण गर्नु, र निजी क्षेत्रको पुनरुत्थानमा योगदान पु¥याई आवश्यक वित्तीय ऋणमा पहुँच गर्न सकून भन्ने रहेको निर्देशक गुडले जानकारी गराउनुभयो ।

विश्व बैङ्कले अफगानिस्तानमा साना र मध्यम आकारका उद्यमहरूका लागि वित्तीय स्रोतहरूमा पहुँच बढाउन प्रयास गरिरहेको जनाएको छ । जुन निजी क्षेत्रका व्यापार र लगानीमा काम गर्ने महिलाहरूका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थनमा भएको वृद्धिसँग समानान्तर हुन्छ ।

बैङ्कका अनुसार यो पहल अफगानिस्तानका काबुल, कुन्दुज, नङ्गरहार, परवान, समङ्गन, सर–ए पोल, तखर, हेरात, डिकुन्डी, फरयाब र जोजजानलगायतका १५ प्रान्तहरूमा केन्द्रित हुनेछ ।

यसबाहेक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले महिलाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले धेरै परियोजनाहरू घोषणा गरेको छ । यसले अफगानिस्तानको अर्थतन्त्रलाई बढावा दिई अफगान महिला उद्यमीहरूको कम्पनीहरू चलाउन सशक्त बनाउने कुरामा जोड दिएको छ ।

अफगानिस्तानमा, शिक्षा र रोजगारीमा महिलाहरूकोे पहुँचमा सीमितताको परिणाम स्वरूप व्यापार र व्यवसायमा महिलाको चासो बढेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्