झण्डै ४ अंकले बढ्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार – Janadesh Daily | ePaper

झण्डै ४ अंकले बढ्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढेर दुई हजार ११३.२७ विन्दुमा पुगेको छ ।

विकास बैंक २५, फाइनान्स २९, हाइड्रोपावर ६, अन्य १०, उत्पादन ५०, जीवन बीमा ४१, माइक्रोफाइनान्स १९ र व्यापार उपसमूह ६ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ८, निर्जीवन बीमा २४ र होटल तथा पर्यटन उपसमूह भने २६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषी कम्पनी र नेपाल वेयर हाउस कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३१७ कम्पनीको एक करोड ९३ लाख कित्ता सेयर ३ अर्ब ८९ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्