२३ अंकले घट्यो नेप्से, ४ अर्ब ५७ करोडको कारोबार – Janadesh Daily | ePaper

२३ अंकले घट्यो नेप्से, ४ अर्ब ५७ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २३.८१ अंकले घटेर दुई हजार ०८९.४२ विन्दुमा पुगेको छ ।

बैंकिङ ३४, विकास बैंक ४६, हाइड्रोपावर २, अन्य ११, जीवन बीमा १३४, माइक्रोफाइनान्स ७७ र निर्जीवन बीमा उपसमूह १०४ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन ६१, बैंकिङ ३४, उत्पादन १७४ र व्यापार उपसमूह १८ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्रोको सेयर झण्डै साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज यूनीलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१४ कम्पनीको एक करोड ७ लाख कित्ता सेयर ४ अर्ब ५७ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्