१३ अंकले बढ्यो नेप्से, ४ अर्ब ३१ करोडको कारोबार – Janadesh Daily | ePaper

१३ अंकले बढ्यो नेप्से, ४ अर्ब ३१ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १३.५१ अंकले बढेर दुई हजार ०८३.०४ विन्दुमा पुगेको छ ।

बैंकिङ १२, विकास बैंक ९, अन्य १५, जीवन बीमा ७८, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ७१, होटल तथा पर्यटन २४, व्यापार १८०, हाइड्रोपावर ३१ र फाइनान्स उपसमूह ४६ अंकले बढेको छ । त्यस्तै, उत्पादन उपसमूह १६२ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मल्टिपर्पोस फाइनान्स कम्पनी र मकर जीतुमाया सुरी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नारायणी डेभलपमेन्ट बैंकको सेयर ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३२५ कम्पनीको ९६ लाख कित्ता सेयर ४ अर्ब ३१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्