६ अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार – Janadesh Daily | ePaper

६ अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ६.३७ अंकले बढेर दुई हजार १२१.६२ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक ४, फाइनान्स २३, जीवन बीमा १८, उत्पादन ४०, माइक्रोफाइनान्स ४१ र अन्य उपसमूह ५ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ९, हाइड्रोपावर १६, निर्जीवन बीमा ५३ र व्यापार उपसमूह १० अंकले घटेको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी र मीड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज समयत्रि हाइड्रोपावरको सेयर झण्डै साढे ४ प्रतिशतले घटेको छ ।

यस दिन ३१२ कम्पनीको एक करोड २९ लाख कित्ता सेयर ५ अर्ब ८९ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्