५ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार – Janadesh Daily | ePaper

५ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५.६० अंकले बढेर दुई हजार ०७१.७७ विन्दुमा पुगेको छ ।

विकास बैंक १३, होटल तथा पर्यटन ५८, हाइड्रोपावर ३०, माइक्रोफाइनान्स १५, जीवन बीमा ५५ र उत्पादन उपसमूह २५ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ५, फाइनान्स ५४, अन्य उपसमूह ०.२८, निर्जीवन बीमा २३ र व्यापार उपसमूह ५ अंकले घटेको छ ।

आज ग्लोबल आइएमई डीबेन्चर ८४ ८५ र मकर जीतुमाया सुरी हाइड्रोपावर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज साधना लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३१९ कम्पनीको ९४ लाख कित्ता सेयर ४ अर्ब १८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्