इंग्ल्याण्ड युरो कपको सेमिफाइनलमा – Janadesh Daily | ePaper

इंग्ल्याण्ड युरो कपको सेमिफाइनलमा


इंग्ल्याण्ड युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ५–४ ले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा स्विट्जरल्याण्डका मानुएल आकान्जीको प्रहार इंग्ल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्डले बचाए ।

स्विट्जरल्याण्डका अन्य खेलाडीले भने गोल गरे । इंग्ल्याण्डका सबै खेलाडी पेनाल्टीमा गोल गरे ।

निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । ८०औं मिनेटमा इङ्ल्याण्डले खेललाई १–१ को स्थितिमा ल्यायो । डेकलान राइसको पासमा बुकायो साकाले उत्कृष्ट गोल गरे ।

इंग्ल्याण्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेदरल्याण्ड्सले टर्कीलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यस्तै, अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्