२९ अंकले बढ्यो नेप्से, ७ अर्बमाथिको कारोबार – Janadesh Daily | ePaper

२९ अंकले बढ्यो नेप्से, ७ अर्बमाथिको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से २९.२१ अंकले बढेर दुई हजार २०४.६१ विन्दुमा पुगेको छ ।

बैंकिङ २८, विकास बैंक ७, हाइड्रोपावर ३७, जीवन बीमा ३१८, निर्जीवन बीमा १११, अन्य २५, होटल तथा पर्यटन ३३, उत्पादन ४ र फाइनान्स उपसमूह ७ अंकले बढेको छ । त्यस्तै, आज माइक्रोफाइनान्स २५ र व्यापार उपसमूह ११ अंकले घटेको छ ।

आज बलेफि हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज समाज लघुवित्त वित्तिय संस्थाको सेयर ४.५९ प्रतिशतले घटेको छ ।

यस दिन ३३१ कम्पनीको दुई करोड २ लाख कित्ता सेयर ७ अर्ब ८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्