चिनी आयात गर्न १० उद्योगले पाए अनुमति – Janadesh Daily | ePaper

चिनी आयात गर्न १० उद्योगले पाए अनुमति


काठमाडौं । भारतबाट चिनी आयात गर्न १० उद्योगले अनुमति पाएका छन्।

चिनी आयातका लागि अनुमति पाउनेहरुमा ललितपुरको एग्रो थाइ फुड र सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालि ले चिनी आयात गर्ने अनुमति पाएका छन् ।

त्यस्तै, विराटनगरको शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले चिनी आयात गर्ने अनुमति पाएको उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ।

भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी आयात गर्न इच्छुक उद्योगीसँग सरकारले आवेदन माग गरेको थियो । सोही आवेदन बमोजीमा यी १० उद्योगले चिनी आयातको अनुमति पाएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्