लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाकै १ लाख ४९ हजार ८ सय रूपैयाँ – Janadesh Daily | ePaper

लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाकै १ लाख ४९ हजार ८ सय रूपैयाँ


काठमाडौं । साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ । लगातार रेकर्ड बनाउँदै सुनको मूल्य

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्