झण्डै ६० अंकले बढ्यो नेप्से, १५ अर्ब ५४ करोडको कारोबार – Janadesh Daily | ePaper

झण्डै ६० अंकले बढ्यो नेप्से, १५ अर्ब ५४ करोडको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ५९.६८ अंकले बढेर दुई हजार ४२४.३२ विन्दुमा पुगेको छ ।

बैंकिङ ८०, विकास बैंक ६३, होटल तथा पर्यटन ६३, जीवन बीमा १४६, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १२३, अन्य ४०, व्यापार १२ र उत्पादन उपसमूह ८३ अंकले बढेको छ । त्यस्तै, आज फाइनान्स ३५ र हाइड्रोपावर उपसमूह ०.२२ अंकले घटेको छ ।

आज नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आखुखोला जलविद्युत्, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कुमारी सबल योजनाको सेयर साढे ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१२ कम्पनीको ३ करोड ९९ लाख कित्ता सेयर १५ अर्ब ५४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्