सुनको मूल्य बढ्यो,चाँदी घट्यो – Janadesh Daily | ePaper

सुनको मूल्य बढ्यो,चाँदी घट्यो


काठमाडौं । सुनको भाउ आज सामान्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, आइतबार छापावाल सुन १ लाख ४६ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ९० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४०५.४५ डलरमा र चाँदी प्रतिऔंस २९.१३ डलरमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्