१७ निर्माण कम्पनीलाई कालोसूचीमा राखिँदै, ७ दिने स्पष्टीकरण माग – Janadesh Daily | ePaper

१७ निर्माण कम्पनीलाई कालोसूचीमा राखिँदै, ७ दिने स्पष्टीकरण माग


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै यी कम्पनीहरुलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको हो ।

यसअघि यी कम्पनीहरुलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनिए पनि कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा ७ दिने सूचना निकालेको हो ।

तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले बताएका छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्