२० अंकले घट्यो नेप्से, कारोबार भने १९ अर्बमाथि – Janadesh Daily | ePaper

२० अंकले घट्यो नेप्से, कारोबार भने १९ अर्बमाथि


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २०.४६ अंकले घटेर दुई हजार ६६१.०९ विन्दुमा पुगेको छ ।

बैंकिङ ०.६२, विकास बैंक १४२, जीवन बीमा २५२, उत्पादन १३७, निर्जीवन बीमा १४०, ब्यापार १७६, होटल तथा पर्यटन १९, अन्य ०.५६ र माइक्रोफाइनान्स उपसमूह भने २०६ अंकले घटेको छ ।
यस्तै, आज फाइनान्स ५६ र हाइड्रोपावर उपसमूह २६ अंकले बढेको छ ।

आज आरम्भ चौतारी लघुवित्तको सेयर सबैभन्दा धेरै झण्डै साढे आड प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नेपाल फाइनान्स लिमिटेडको सेयर ९.७७ अंकले बढेको छ ।

यस दिन ३२५ कम्पनीको ४ करोड ७७ लाख कित्ता सेयर १९ अर्ब ६० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्