नेप्से २८०० बिन्दुमाथि, इतिहासकै सर्वाधिक कारोबार – Janadesh Daily | ePaper

नेप्से २८०० बिन्दुमाथि, इतिहासकै सर्वाधिक कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ९४.४६ अंकले बढेर दुई हजार ८६०.८४ विन्दुमा पुगेको छ ।

बैंकिङ ४९, विकास बैंक १२६, फाइनान्स १६६, होटल तथा पर्यटन ६७, हाइड्रोपावर १३६, ब्यापार १११, निर्जीवन बीमा ४६२, उत्पादन १४२, अन्य ५८, जीवन बीमा ६०५ र माइक्रोफाइनान्स उपसमूह २३० अंकले बढेको छ ।

आज नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि कुथेली बुकरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३३० कम्पनीको ६ करोड ३ लाख कित्ता सेयर २५ अर्ब ७७ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्