३४ अंकले घट्यो नेप्से, २८ अर्ब ८३ करोडको कारोबार – Janadesh Daily | ePaper

३४ अंकले घट्यो नेप्से, २८ अर्ब ८३ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ३४.४७ अंकले घटेर दुई हजार ९६६.३३ विन्दुमा पुगेको छ ।

विकास बैंक १२९, फाइनान्स १०८, होटल तथा पर्यटन ३४८ , हाइड्रोपावर १४२, ब्यापार ५५, अन्य ७१, उत्पादन २०७, र माइक्रोफाइनान्स उपसमूह १७ अंकले घटेको छ ।
त्यस्तै, आज बैंकिङ १४, जीवन बीमा १.६७ र निर्जीवन बीमा ६६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोरेशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३३० कम्पनीको ६ करोड ५४ लाख कित्ता सेयर २८ अर्ब ८३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्