२ अंकले बढ्यो नेप्से, १८ अर्ब ९० करोडको कारोबार – Janadesh Daily | ePaper

२ अंकले बढ्यो नेप्से, १८ अर्ब ९० करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २.११ अंकले बढेर दुई हजार ९६८.४४ विन्दुमा पुगेको छ ।

बैंकिङ १०, विकास बैंक ४०, फाइनान्स १८६ र अन्य उपसमूह ४ अंकले बढेको छ । होटल तथा पर्यटन ७६, हाइड्रोपावर २७, ब्यापार ८६, उत्पादन ३२, जीवन बीमा २८, निर्जीवन बीमा ९८ र माइक्रोफाइनान्स उपसमूह २९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै कर्पारेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टीपर्पोस फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज कर्णली डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३३७ कम्पनीको ४ करोड १४ लाख कित्ता सेयर १८ अर्ब ९० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्