६ अंकले बढ्यो सेयर बजार, १९ अर्बको कारोबार – Janadesh Daily | ePaper

६ अंकले बढ्यो सेयर बजार, १९ अर्बको कारोबार


काठमाडौँ । बिहिबर सेयर बजार परिसूचक नेप्से ६.०१ अंकले बढेर दुई हजार ९७४.४६ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक २५६, फाइनान्स ४८ होटल तथा पर्यटन ९६, हाइड्रोपावर २० र जीवन बीमा उपसमूह ४२ अंकले बढेको छ । यस्तै, उत्पादन ४३ , ब्यापार ६३, जीवन निर्जीवन बीमा १६०, अन्य उपसमूह ६ र माइक्रोफाइनान्स उपसमूह १ अंकले घटेको छ ।

आज तारागाउँ रजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बेंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज एसबीएल डीबेन्चर २०८३ को सेयर १० प्रतिशतले घटेको छ ।


यस दिन ३३३ कम्पनीको ४ करोड ९ लाख कित्ता सेयर १९ अर्ब १६ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्