नेप्सेमा ७९.८८ अंकको गिरावट, १९ अर्ब ७४ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्सेमा ७९.८८ अंकको गिरावट, १९ अर्ब ७४ करोडको कारोबार


काठमाडौँ । आइतबर सेयर बजार परिसूचक नेप्से ७९.८८ अंकले घटेर दुई हजार ८९४.५७ विन्दुमा पुगेको छ ।

बैंकिङ ५६, विकास बैंक १४५, फाइनान्स १३९, होटल तथा पर्यटन १७७, हाइड्रोपावर १११, जीवन बीमा ३६९, उत्पादन १५३ , ब्यापार ७०, जीवन निर्जीवन बीमा ३२८ र अन्य उपसमूह ८० अंकले घटेको छ । त्यस्तै, आज माइक्रोफाइनान्स उपसमूह भने ५८ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावरको सेयर ९.९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज विन नेपाल, उपकार र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३३३ कम्पनीको ४ करोड २६ लाख कित्ता सेयर १९ अर्ब ७४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्