११६ अंकले घट्यो नेप्से, १८ अर्ब ६४ करोडको कारोबार – Janadesh Daily | ePaper

११६ अंकले घट्यो नेप्से, १८ अर्ब ६४ करोडको कारोबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ११६.३५अंकले घटेर दुई हजार ७७८.२२ विन्दुमा पुगेको छ ।

बैंकिङ ८१, विकास बैंक २४२, फाइनान्स १८०, हाइड्रोपावर १४०, जीवन बीमा ५२४, उत्पादन २२२ , माइक्रोफाइनान्स १६१, ब्यापार ८५, जीवन निर्जीवन बीमा ३३९ र अन्य उपसमूह ८४ अंकले घटेको छ । त्यस्तै, आज 
होटल तथा पर्यटन उपसमूह भने ३१ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३३० कम्पनीको ४ करोड ३५ लाख कित्ता सेयर १८ अर्ब ६४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्