बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक – Janadesh Daily | ePaper

बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ। अधिक तरलता भएसँगै राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको हो।

बैंक तथा वित्तीय संस्थालाई निक्षेप राख्न बुधबार ३ बजेसम्मका लागि आह्वान गरिएको छ । सो बोलकबोल माध्यमबाट ब्याजदर निर्धार हुनेछ । बुधबार जारी हुने निक्षेपको सावाँ ब्याज भुक्तानी असोज २ गते हुनेछ ।

राष्ट्र बैंकले भदौ २ गते १ खर्ब रुपैयाँको निक्षेप जारी गरेको थियो । त्यतिबेला १ खर्ब ९६ अर्ब २५ करोड रुपैयाँको कबोल परेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्