जनादेश, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष तथा पधाामन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बसेको दुई घण्टा लामो छलफल सकिएको छ ।
छलफलमा नेकपाको सचिवालय बैठक आगामी शनिबार बस्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकाुर सूर्य थापाले जनाएका छन् । सचिवालय बैठक भदौ १३ गते ११ बजे बस्ने सहमति भएको छ ।
उक्त बैठकको एजेण्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको बुझाएको प्रतिवेदन रहको थापाले बताएका छन् ।