लद्दाख पुगेका मोदीले चिनलाई दिए कडा चेतावनी – Janadesh Daily | ePaper

लद्दाख पुगेका मोदीले चिनलाई दिए कडा चेतावनी


एजेन्सी ।

२० अषाढ, काठमाण्डौ ।

नयाँदिल्ली — लद्दाख पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनतर्फ लक्षित गर्दै विस्तारवादीको युग सकिएको बताएका छन् । शुक्रबार बिहान लद्दाख पुगेका मोदीले त्यहाँ रहेका इन्डिया–तिब्बत बोर्डर पुलिस, भारतीय स्थल र वायु सेनाका जवानहरूलाई लद्दाखको निमुमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा त्यस्तो धारणा राखेका हुन् ।

त्यसैगरी उनले भारत सँगै शान्ति र मित्रताको पक्षमा प्रतिबद्ध रहेको, तर यो भारतको कमजोरीका रूपमा हेर्न नहुनेसमेत चेतावनी दिएका छन् । मोदीको साथमा चिफ अफ डिफेन्स स्टाफ विपित रावत र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे पनि लद्दाख गएका थिए ।

मोदीको भनाइको चीनले भने खण्डन गरेको छ । नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रंगले चीनलाई विस्तारवादी भन्नु आधारहीन भएको बताएका छन् । ‘चीनलाई विस्तारवादी देख्नु निराधार हो, साथै यसले छिमेकीहरूसँगको विवाद र असमझदारीलाई अतिरन्जित र तोडमोड गर्ने प्रयास हो,’ रंगले आफ्नो ट्वीटरमा लेखेका छन् ।

दुई देशबीच करिब आधा दर्जन क्षेत्रमा सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्