जनादेश, काठमाडौँ ।
आज काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी कुल २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
यस्तै, आज देशभर थप ८५५ जना कोरोना संक्रमित फेला परेका छन् ।