जनादेशडेली संबाददाता ।
२० अषाढ, काठमाण्डौ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक स्थगित भएको छ । सहमति दुबै पक्ष बीच सहमति जुट्न नसकेले शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न सहमत भएका हुन् ।