भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो – Janadesh Daily | ePaper

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो


नयाँ दिल्ली,

भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको संख्या ३२ लाख नाघेको छ ।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमतिको कुल संख्या ३२ लाख ३४ हजार ४७५ पुगेको छ । ती मध्ये हाल सात लाख ७ हजार २६७ जनामा हाल पनि सङ्क्रमित अवस्था रहेका छन् ।

हाल सङ्क्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शाररिक अवस्थाअनुसार अस्पताल र घरमा क्वारेन्टाइनमा बसेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । हालसम्म भारतमा २४ लाख ६७ हजार ७५९ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।

कोरोना सङ्क्रमण शुरु भएयता भारतमा यस रोगबाट ५९ हजार ४४९ जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यमा १ लाख ६६ हजार २३९ कोरोना पोजेटिभ अवस्थामा रहेका छन् । भारतको अरु राज्यमा तुलना महाराष्ट्र सब भन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ ।

त्यसैगरी दोस्रो स्थानमा आन्ध्र प्रदेश रहेको छ । यहाँ ८९ हजार ९३२ जनामा अहिले पनि कोरोना भाइरस सङ्क्रमण अवस्थामा रहेको छ । रासस/एएनआइ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्