कोरोना सङ्क्रमित गर्भवतीको मृत्यु – Janadesh Daily | ePaper

कोरोना सङ्क्रमित गर्भवतीको मृत्यु


कलैया ।

बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना सङ्क्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गराएका थिए । उच्च रक्तचापसमेत रहेको ती महिलाको भदौ ८ गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको छ । मृतकको शव व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताउनुभयो ,
मोटरसाइकल दुर्घटनामा निधन

मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्युु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्युु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्