कोरोनासँगै मौसमी रुघाखोकी, डेंगी र स्क्रब टाइफसको जोखिम – Janadesh Daily | ePaper

कोरोनासँगै मौसमी रुघाखोकी, डेंगी र स्क्रब टाइफसको जोखिम


जनादेश, काठमाण्डौ ।

सबैको ध्यान कोरोनामा मात्र केन्द्रीत हुँदा मौसमी रुघाखोकी, डेंगी, र स्क्रब टाइफसका बिरामी समेत देखिन थालेका छन ।

तराईका केही जिल्लामा डेंगी र देशका धेरैजसो ठाउँमा मौसमी रुघाखोकी देखिएको छ ।

अहिले देखिने मुख्य रोग भनेको स्क्रब टाइफस डेंगी र मौसमी रुघाखोकी पनि यो समयमा लाग्ने गरेको देखिएको छ ।

गएका वर्षहरुमा यतिबेला टेकु सहित अन्य विभिन्न अस्पतालहरुमा बिरामीको भिड हुने गरेको भएपनि यो वर्ष टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई कोरोना अस्पताल बनाइएको छ ।

अरु विभिन्न अस्पतालहरुमा पनि यस्ता रोगका बिरामीहरु बढ्न थालेका पाइएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले बताएकाछन्।

उहाँका अनुसार अहिले विभिन्न अस्पतालमा बढीजस्तो स्क्रब टाइफसका बिरामी उपचारको लागि पुग्ने गरेका छन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्