काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत सम्पन्न – Janadesh Daily | ePaper

काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत सम्पन्न


जनादेश, काठमाण्डौ ।

काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यानुरुप अघि बढिरहेको छ ।

काष्ठमण्डप पुनःनिर्माण समितिले हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । पहिलो तलाको काम सम्पन्न गरी अहिले दोस्रो तलामा काठको काम भइरहेको बताइएको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैतवैशाखमा काम हुन नसके पनि अहिले दैनिक ३५ कामदारले नियमितरुपमा काम गरिरहेका छन् ।

अहिले भएका कामदारले यही गतिमा काम गर्न पाए तोकिएको समयमा नै पुनःनिर्माणको काम सम्पन्न हुने पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने एवं संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर पारदर्शीरुपमा निर्माणलाई नमूना बनाउनुपर्ने स्थानीयवासीको माग छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्