राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा ‘पुरस्कार स्थापना’ – Janadesh Daily | ePaper

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा ‘पुरस्कार स्थापना’


जनादेश, काठमाण्डौ ।

साहित्य चौतारी झापाले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ पुरस्कार स्थापना गरेको छ ।

चौतारीको आज बसेको बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारीको स्थापनाकालदेखि हालसम्म पु¥याएको योगदानको सम्मान गर्दै उक्त पुरस्कार स्थापना गरेको हो ।

सो सम्मानका लागि रु. एक लाख एघार हजार १११ राशीको अक्षयकोष स्थापना गरिएको चौतारीका संस्थापक अध्यक्ष तथा संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

उहाँले अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष चौतारीको वार्षिकोत्सवको अवसर पारेर साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ बाट पुरस्कृत गरिने जानकारी दिए ।

चौतारीले स्व.घिमिरेलाई वि.सं. २०५९ मा अभिनन्दन गरेको थियो । स्थापनाकालदेखि हालसम्म संस्थालाई पु¥याएको योगदानको सम्मान गर्दै उहाँको १२ औं पुण्यतिथि यही भदौ १३ गते शनिबार श्रद्धाञ्जलि सभा गरिने संरक्षक श्रेष्ठले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्