राजनीतिक क्रान्तिबाट मात्र प्राप्त उपलब्धिलाई जोगाउन नसकिने: मन्त्री पार्वत गुरुङ – Janadesh Daily | ePaper

राजनीतिक क्रान्तिबाट मात्र प्राप्त उपलब्धिलाई जोगाउन नसकिने: मन्त्री पार्वत गुरुङ


काठमाडौँ,

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक संघ, संस्थाहरुलाई गलत काम नगर्न आग्रह गनुभएको छ ।

मानव अधिकार एलायन्सले आज आयोजना गरेकोे ‘भर्चुअल’ कार्यक्रममा उहाँले मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्पलाई पूरा हुने गरी काम गर्नसमेत आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले सामाजिक रुपान्तरणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिदै सामाजिक क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि नबढाउने हो भने राजनीतिक क्रान्तिबाट मात्र प्राप्त उपलब्धिलाई जोगाउन नसकिने पनि स्पष्ट पार्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्