जनादेश, काठमाण्डौ ।
निमोनिया भएर उपचारका लागि भक्तपुर अस्पताल आएका एक बिरामीको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट आज मृत्यु भएको छ । भक्तपुर नगरपालिका–३ मंगलाछेका एक ८२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।
अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले निमोनिया भएर बिहीबार दिउँसो उपचारका लागि ल्याइएका पुरुषको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए।