चन्द कार्यकर्ता केशव निउरे पक्राउ – Janadesh Daily | ePaper

चन्द कार्यकर्ता केशव निउरे पक्राउ


बलेवा,

नेत्रविक्रम चन्द नेतृत्वका जिल्ला सदस्य केशव निउरेलाई प्रहरीले पक्राउ गरेको छ ।

ताराखोला गाउँपालिका–५ घर भएका निउरेलाई प्रहरीले बिहीबार राति उहाँकै निवासबाट पक्राउ गरेको हो । राति ८ बजे निउरेको घरमा पुगेका सादा पोसाकका प्रहरीले उहाँलाई पक्राउ गरेको परिवारका सदस्यले बताएका छन् ।

प्रहरीले उहाँलाई जथाभावी चन्दा सङ्कलन गरेको आरोप लगाएको छ तर श्रीमती सरस्वती कँडेलका अनुसार उहाँ खाना खाएर घरमै बसेको बेला पक्राउ पर्नुभएको हो । पछिल्लो समय नेकपाले चन्दा लगायतका गतिविधि नगरेको परिवार स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार निउरेमाथि थप अनुसन्धान भइरहेको छ । यथेष्ट प्रमाण नभेटिएकाले खोजी भइरहेको समेत उहाँले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्