‘महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल’: जोशी – Janadesh Daily | ePaper

‘महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल’: जोशी


जनादेश, काठमाण्डौ ।

नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताउनुभएको छ ।

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको सप्ताहव्यापी भर्चुअल कार्यक्रममा उहाँले नेपालको राजनीतिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो ।

“नेपालमा भएका हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका रहेको छ, महिला आन्दोलनका कारण महिला अधिकार स्थापित भएको हो”, उहाँले भन्नुभयो । राजनीतिमा महिला सहभागीता बढाउनु जरुरी रहेको उहाँको भनाई थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्