काठमाण्डौ ।
विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्ति कोरोना संक्रमणबाट निको भएका छन् । वल्डोमिटरका अनुसार अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा संक्रमण देखिएकोमा एक करोड ७२ लाख ७५ जना निको भएका छन् ।
विश्वभर आठ लाख ४० हजार पाँच सयको ज्यान गइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा संक्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको ज्यान गएको छ ।
ब्राजिलमा ३८ लाख १२ हजार जनामा संक्रमण देखिएकोमा एक लाख १९ हजारको ज्यान गएको छ । छिमेकी देश भारतमा ३४ लाख ६१ हजार जना संक्रमित भएका छन् ।
२६ लाख ४७ हजार निको भएका छन् । भारतमा ६२ हजार सात सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा ७६ हजार संक्रमित थपिएका छन्,एक हजार १९ जनाको ज्यान गएको छ । एजेन्सीको सहयोगमा