नेपालमा कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु – Janadesh Daily | ePaper

नेपालमा कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु


जनादेश, काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्युदर बढ्दै गएको छ । पछिल्लो समयमा पर्सामा तीन, ललितपुरमा दुई तथा चितवन, कास्की, पाल्पा र सुनसरीमा एक एक गरी ९ जनाको मृत्यु भएको छ ।

वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पर्साको वीरगंज १२ मुर्लीकी ६५ वर्षीया वृद्धा, वीरगञ्जकै ४३ वर्षीय पुरुष र वीरगञ्ज– २५ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी, ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज बिहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहा भदैया ६ का ८४ वर्षीय वृद्धको गएराती मृत्यु भएको छ । यसैगरी, चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका ५ की ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ ।

त्यसैगरी, लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी, पोखरा स्वस्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा पोखरा महानगरपालिका १४ का ५८ बर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्