महेन्द्रनगर,
सरकारले आह्वान गरेको लकडाउनमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३३१ सवारी साधनमाथि ट्राफिक प्रहरले कारबाही गरेको छ ।
बन्दाबन्दीका बेला जथाभावी सवारी साधन सञ्चालन गर्नेमाथि निगरानी बढाउनाका साथै कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले लकडाउन थालिएको गत चैत महिनायता हालसम्म सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताउनुभयो ।
प्रहरीले निषेधाज्ञा जारी भएयता मात्रै महेन्द्रनगरमा मास्क नलगाएर हिँड्डुल गर्ने ८० जनालाई कारबाही गरेको छ ।
उहाँले शुरुआती चरणमा ७७२ साना तथा ठूला सवारीसाधन सम्झाईबुझाई छाडिएको बताउनुभयो । रासस