जनादेश, रुपन्देही ।
प्रदेश ५ मा आज ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका १२ जिल्लामध्ये ६ जिल्लाका ६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज सबैभन्दा धेरै बाँके २० जनामा कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै बाँकेपछि दाङमा १९, रुपन्देहीमा १६, नवलपरासीमा १६, कपिलबस्तुमा २ र गुल्मीमा १ जनामा संक्रणम देखिएको छ ।